अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२५ | Colorodo: 18:40

काठमाडौंको ट्राफिक जामको असर तेन्जिङ हिलारीमा

गोरखापत्र २०७५ वैशाख १९ गते १९:४४ मा प्रकाशित

सोलुखुम्बु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँको ट्राफिक जामको असर सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा देखिएको छ ।

जामका कारण हवाई उडान घट्दा पर्यटक आवतजावतमा समस्या भएको छ ।

दैनिक ४० भन्दा बढी हवाईजहाजले उडान भर्ने लुक्लामा पछिल्लो समय काठमाडौँ विमानस्थलमा हुने गरेको जामकै कारण दैनिक ३० भन्दा कम उडान हुने गरेको तेन्जिङ हिलारी विमानस्थल नागरिक उड्डयन कार्यालय लुक्लाले जनाएको छ ।

देशकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा हुने आन्तरिक तथा बाह्य उडानका कारण दिनमा दुई घण्टाभन्दा बढी आन्तरिक उडान ट्राफिक जाममा पर्ने गरेका छन् ।

दैनिक दुईदेखि तीन घण्टा उडान नुहँदा दैनिक एक दर्जनभन्दा बढी हवाई उडान प्रभावित हुने नागरिक उड्डयन कार्यालय लुक्लाका एटीसी अफिसर योगेन्द्र कुँवरले बताए ।

सम्बन्धित सामग्रीहरू