अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२० | Colorodo: 13:35

यसरी चल्दैछ अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा

गोरखापत्र २०७५ जेठ २ गते १९:४७ मा प्रकाशित

काठमाडौँ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ उही जेठ सात गतेबाट २१ घण्टा सञ्चालनमा आउने भएको छ । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको हवाई ट्राफिक चाप नियन्त्रण गर्ने उद्देश्यले २१ घण्टा विमानस्थल सञ्चालन गर्न निर्देशन दिनु भयो।

“विमानस्थलको एयर ट्राफिक जाम व्यवस्थापनकै कमजोरीले भएको हो । एयर रुट वैज्ञानिक बनाइनुपर्छ, आवश्यकताभन्दा बढी रुट कसैलाई दिनु हुदैन  । यही व्यवस्थापनका लागि नै २१ घण्टा विमानस्थल चलाउने भनेको हो यसका लागि कर्मचारीमा कुशल व्यवस्थापन र इच्छा शक्ति दृढ चाहिन्छ,” उहाँले भन्नुभयो ।

मन्त्री अधिकारीले विमानस्थलको चाप नियन्त्रण गर्न काभ्रेपलाञ्चोकको कुनै एक स्थानमा विमानस्थल जसरी पनि बनाएर छाड्ने उद्घोष गर्नुभयो ।

क्यानका महानिर्देशक सञ्जीव गौतमले जेठ ७ गतेदेखि विमानस्थललाई २१ घण्टा सञ्चालन गर्नका लागि आवश्यक जनशक्ति व्यवस्थापन लगायतका सबै तयारी भएको जानकारी दिनुभयो ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमानस्थलको गरिमालाई ध्यानमा राखी सेवालाई चुस्त र प्रभावकारी बनाउगरी जेठ ७ देखि २१ घण्टा सञ्चालनको तयारीमा जुटेको उल्लेख गर्नुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन क्यानका अध्यक्ष श्रवणकुमार यादवले विमानस्थलको जनशक्ति व्यवस्थापन तथा प्राविधिक पक्षलाई ध्यानमा राखेर विमानस्थल २१ घण्टा सञ्चालन गरिनुपर्ने बताउनुभयो ।

विमानस्थलको इलेक्ट्रिकल मेकानिकल एशोसिएशनका उपाध्यक्ष कुमार सुजकुले विमानस्थलको लाइट व्यवस्थापनका लागि विशेष व्यवस्था गरिनुपर्ने खाँचो औँल्याउनुभयो ।

नेपाल एयर ट्राफिक सेफ्टी इलेक्ट्रोनिक एशोसिएशनका सचिव रामचन्द्र अधिकारीले एयर ट्राफिक कन्ट्रोलनर अफिसर ९एटिसी० को संख्या बढाई क्षमता अभिवृद्धि गरिनुपर्नेमा जोड दिनुभयो ।

हाल विमानस्थलमा ६७ एटिसीले छुट्टाछुट्टै सिफ्टमा काम गर्छन् । विमानस्थल सञ्चालन २१ घण्टा पु¥याउँदा ८५ देखि ९० एटिसी आवश्यक पर्ने जनाइएको छ । क्यानसँग देशभरि गरी करीब २५० एटिसी रहेका छन् ।

विमानस्थलमा कहिलेकाहीँ अपर्भmट विद्युत् आपूर्ति बन्द हुँदा जेनेरेटर सञ्चालन गर्न कम्तीमा पनि १० सेकेण्ड समय लाग्ने हुँदा उक्त अवधिमा हवाई दुर्घटना हुन सक्ने खतरा औँल्याउँदै कर्मचारीले त्यो खतराबाट बच्न अनलाइन युपिएस जडान गरिनुपर्ने सुझाव छ ।

विमानस्थलबाट अहिले आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक करीब ४०० उडान अवतरण हुने गरेको छ । जसमा आन्तरिकतर्फ हेलिकोप्टरसहित करीब ३५० र अन्तर्राष्ट्रियतर्फ दुई नेपालीसहित ३० वटा वायु सेवा प्रदायकले दैनिक १०० भन्दा बढी उडान भर्दै आएका छन् ।

उडान चापले एयर ट्राफिकका कारण झण्डै एक घण्टा आकाशमा घुम्नुपर्ने ९होल्ड० अवस्था रहेको छ । दैनिक एक हजार ३०० यात्रु व्यवस्थापनको क्षमता भएको अन्तर्राष्ट्रिय विमानस्थलमा हाल बढी व्यस्त समयमा दुई हजार ५०० भन्दा बढी यात्रु व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । विमानस्थलमा सरकारी निकाय एवम् निजी कम्पनीसहित करीब ८० निकाय सक्रिय छन् ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ देखि राति १२ बजेसम्म जम्मा १८ घण्टा सञ्चालन भइरहेको छ । सञ्चालन अवधि २१ घण्टा पु¥याउँदा त्यो समय बिहान ६ देखि भोलिपल्ट बिहान ३ बजेसम्म हुनेछ । अहिले दुई सिफ्टमा कर्मचारीहरुले काम गर्दै आएका छन् ।

सम्बन्धित सामग्रीहरू