अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१४ | Colorodo: 07:29

युक्रेनबाट पोल्याण्ड पुगेका नेपालीको भारतीय टोलीद्वारा उद्धार

बिआरटीनेपाल २०७८ फागुन २१ गते ८:०२ मा प्रकाशित

भारतले युक्रेनबाट आफ्ना नागरिकसँगै एक जना नेपाली नागरिको पनि उद्धार गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बागचीले एक जना नेपाली र अर्को एक जना बांगलादेशी नागरिकलाई पनि उद्धार गरिएको बताउनुभयो। तनाबग्रस्त युक्रेनबाट पोल्याण्ड पुगेका नेपाली नागरिकको भारतीय टोलीले उद्धार गरेको हो ।

तर उद्धार गरिएका नेपाली नागरिकबारे उहाँले केही जानकारी दिनुभएको । दिल्लीस्थित नेपाली दूतावासले केही दिनअघि भारतीय विदेश मन्त्रालयलाई नेपाली नागरिकको उद्धारमा समेत सघाउन आग्रह गरेको थियो । भारतले त्यसलाई सकारात्मक रुपमा लिँदै उद्धारमा सहयोग गर्ने बताएको थियो । सही समय र सही ठाउँमा उपलब्ध रहेका नेपाली र बंगलादेशी नागरिकलाई उद्धार गरिएको बागचीले बताउनुभयो ।

यस्तै नेपाली दूतावासले युक्रेनबाट बाहिरिएका नेपाली नागरिकलाई भारतीय नागरिक बसोबास गरेकै क्षेत्रमा उनीहरु सँगै रहन सन्देश पठाएको छ । भारतका लागि कार्यवाहक नेपाली राजदूत रामप्रसाद सुवेदीले युक्रेनबाट पोल्यान्ड आइपुगेका एक जना नेपाली नागरिक भारतीय टोलीको सम्पर्कमा आएपछि उनको उद्धार भएको जानकारी दिनुभयो ।

‘युक्रेन र छिमेकी मुलुकहरुमा नेपाली दूतावास छैन । जर्मनीमा रहेको नेपाली दूतावासले नै अहिलेको परिस्थितिमा काम गरिरहेको छ । दिल्ली दूतावासले उद्धारका लागि खटिएका भारतीय टोलीको सम्पर्क नम्बरहरु जर्मनी दूतावासलाई उपलब्ध गराएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू