अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०५ | Colorodo: 00:20

वरिष्ठ गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन

बिआरटीनेपाल २०७८ माघ २३ गते ०:५० मा प्रकाशित

भारतकी वरिष्ठ गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । आइतबार सरस्वती पूजाकै दिन मल्टी अर्गान फेलरका कारण मंगेशकरको निधन भएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई हिजो अस्पताल भर्ना गरिएको थियो । यस अघि उहाँलाई कोरोना भाइरसको संक्रमणसँगै निमोनिया समेत भएको थियो । तर, उपचारपछि स्वास्थ्यमा क्रमिक सुधार आएपछि उहाँलाई गएको १४ गते भेन्टिलेटरबाट बाहिर निकालिएको थियो । तर फेरि स्वास्थ्यमा समस्या आएपछि हिजो भेन्टिलेरमा राखेर उहाँको उपचार थालिएको थियो ।

लता मंगेशकरले १३ वर्षको उमेरदेखि गीत गाउन थाल्नु भएको थियो । उहाँले ३० हजार भन्दा धेरै गीत गाइसक्नु भएको छ भने भारतीय मात्र नभएर नेपालीलगायत अन्य धेरै भाषामा समेत उहाँले स्वर दिनु भएको छ । उहाँले बाचुन्जेलीलाई, आकाशमा तिरमिर तारा, जुन बाटोमा लगायत धेरै नेपाली गीतमा स्वर दिनु भएको छ ।

उहाँ फिल्म फेयर पुरस्कारदेखि पद्म भुषण, पद्म विभुषण, राजीव गान्धी पुरस्कार, भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न लगायत पुरस्कारबाट सम्मानित हुनु भएको छ । उहाँको जन्म सन् १९२९ मा भारतको इन्दौरमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू