अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०१ | Colorodo: 12:16

पेट्राेलियम पदार्थमा गरिएकाे मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन

बिआरटीनेपाल २०७८ माघ १९ गते ६:०६ मा प्रकाशित

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले विरोध प्रदर्शन गरेको छ ।  आज बुधवार माइतीघर मण्डलामा अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पेट्रोलियम पदार्थमा जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेको उल्लेख गर्दै तत्काल फिर्ता लिनुपर्ने बताउनुभयो । उहाँले कोरोना महामारीको बेलामा जनतालाई राहत दिनुपर्नेमा सरकारले बारम्बार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर आहत दिने काम गरेको बताउनुभयो ।

प्रदर्शनमा अखिल क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष शिलु न्यौपानेले सरकारले जनताको भोक, रोग र अभाव नदेखी बारम्बार पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गर्नु दुःखद भएको बताउनुभयो । उहाँले देउवा सरकारले कोरोना महामारीमा पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेर झनै मारमा पारेको बताउनुभयो । उपाध्यक्ष न्यौपानेले पेट्रोलियम पदार्थमा बारम्बार मूल्य वृद्धि गर्नु लाजमर्दो भएको बताउनुभयो । सरकारले हिजाे मङ्गलवार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर तीन–तीन रुपैयाँ बढाएकाे छ ।

प्रतिक्रिया