अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४३ | Colorodo: 11:58

बुधबार सोनाम ल्होसारको देशभर सार्वजनिक बिदा

बिआरटीनेपाल २०७८ माघ १८ गते ७:३१ मा प्रकाशित

गृह मन्त्रालयले सोनाम ल्छोछारको उपलक्ष्यमा बुधबार देशभर सार्वजनिक बिदा दिएको छ।  नेपाल सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।  मंगलबार मन्त्रालयले एक सूचना जारी गर्दै सोनाम ल्छोछारको उपलक्ष्यमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा सार्वजनिक बिदा दिएको हो।

‘बुधबार सोनाम ल्छोछारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सबैमा जानकारीको लागि  यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ।

प्रतिक्रिया