अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०५ | Colorodo: 13:20

जनगणनाको प्रारम्भिक तथ्यांक तथ्यपरक नभएको भन्दै सांसदको आपत्ति

बिआरटीनेपाल २०७८ माघ १८ गते ६:१८ मा प्रकाशित

सांसदहरुले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा सांसदहरुले पुनःगणना गर्न समेत माग गरे । नेकपा एमालेका सांसद एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे तथा नेपाली कांग्रेसकी सांसद प्रमिला राईले राज्यको उद्देश्य र जनताले चाहे अनुसार जनगणना नभएको जिकिर गरेका थिए ।

पाण्डेले काठमाडौंको जनगणनाको प्रारम्भिक नतिजा तथ्यपरक नहुनुको कारण स्पष्ट पार्न तथ्यांक विभागसँग माग गर्नुभयो । सबैतिरबाट मानिस ओइरहने काठमाडौंमा जनसंख्या घटेर आउनुको कारण आफूले बुझ्न नसकेको उहाँको भनाइ थियो । कांग्रेस सांसद राईले विदेशमा गएका नेपालीहरुको जनगणना गर्ने कार्ययोजना के छ ? भनि विभागलाई प्रश्न गर्नुभयो ।

तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै कोरोनाको असहज परिस्थितिका कारण जनगणनामा केही तलमाथि भएको हुन सक्ने बताउनु भयो । उहाँले यो प्रारम्भिक नतिजा भएकाले पूर्ण भएर आउँदा सबै तथ्य आउनेतर्फ भन्दै सांसदहरुको ध्यानाकर्षण गराउनुभयो । श्रेष्ठले जनगणनाको प्रारम्भिक नजिताको काम विभागले इमान्दारिका साथ समयमै गराएको पनि बताउनुभयो ।

प्रतिक्रिया