अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५१ | Colorodo: 09:06

त्रिविका रोकिएका परीक्षा फागुनमा गर्ने तयारी

बिआरटीनेपाल २०७८ माघ १७ गते ६:५५ मा प्रकाशित

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेपछि स्थगित गरिएको त्रिभुवन विश्वविद्यालयका परीक्षाहरू आउँदो फागुनमा गनेए तयारी गरिएको छ । यसबारेमा यसै साता त्रिविको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्ने बताइएको छ ।

स्थगित परीक्षाबारे त्रिविले सोमबार अनौपचारिक छलफल गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनुभयो । त्रिविका पदाधिकारी, विद्यार्थी संगठन र प्राध्यापकहरूसँग अनौपचारिक बैठक बसी भइरहेका घटनाक्रमबारे जानकारी लिएको उहाँले जानकारी दिनुभयो ।

परीक्षाअगावै १५ दिनअगाडि सूचना जारी गर्ने बताइएको छ । त्रिविले स्थगित सबै परीक्षाको पुनर्तालिका सार्वजनिक गरेर सञ्चालन गर्ने छ ।

प्रतिक्रिया