अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०७ | Colorodo: 14:22

नेपालमा थप २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

बिआरटीनेपाल २०७८ मंसिर २५ गते ७:२९ मा प्रकाशित

पछिल्लो २४ घण्टामा दुई सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ९ हजार एक सय ७८ जनाको नमूना परीक्षण गर्दा दुई दशमलव ५७ प्रतिशत अर्थात दुई सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ सय सात जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ६ हजार पाँच सय ४४ जना पुगेको छ । थप एक जनासहित कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ५३ जना पुगेको छ ।

अहिले नेपालमा पाँच हजार आठ सय ८३ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ६६ हजार नौ सय ८८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म दुई करोड पाँच लाख एक हजार आठ सय १० मात्रा कोरोना विरुद्धको खोप प्रयोग भएकोमा ९२ लाख ४१ हजार दुई सय ६१ जनाले पूर्ण मात्रा र एक करोड १२ लाख ६० हजार पाँच सय ४९ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू