अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१३ | Colorodo: 08:28

सभापतिमा देउवाको उम्मेदवारी दर्ता, महामन्त्रीमा प्रदीप पौडेल र प्रकाशशरण महत

बिआरटीनेपाल २०७८ मंसिर २५ गते ७:२४ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले सभापतिमा उम्मेदवारी दिनुभएको छ । उहाँले सभागृह पुगेर प्यानलसहित उम्मेदवारी दर्ता गराउनुभएको हो ।उहाँको समर्थकमा कृष्णप्रसाद सिटौला रहनुभएको छ । देउवाको प्यानलमा महामन्त्रीमा प्रदीप पौडेल र डाक्टर प्रकाशशरण महत महामन्त्री रहेका छन् । यस्तै उपसभापतिमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहनुभएको छ ।

यस्तै देउवाको समूहबाट सहमहामन्त्रीका लागि आदिवासी जनजातिको तर्फबाट भीष्मराज आङ्देम्बे, दलित तर्फबाट मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेसीमा महेन्द्र यादव, खस आर्यमा किशोरसिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पीछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार बनेका छन् । महामन्त्रीमा उम्मेदवारी दिएका पौडेल र सहमहामन्त्रीमा उम्मेदवारी दिएका चौधरी सिटौला समूहका हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू