अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३५ | Colorodo: 23:50

आगामी निर्वाचनमा जित सुनिश्चित हुने गरी काम गर्नुस् – एमाले अध्यक्ष ओली

बिआरटीनेपाल २०७८ मंसिर २५ गते ७:१७ मा प्रकाशित

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा जित सुनिश्चित हुने गरी काम गर्न पार्टीको सिंगो पंक्तिलाई निर्देशन दिनुभएको छ ।शनिबारबाट भक्तपुरको गट्ठाघरमा सुरु पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले पार्टीमा अन्य पार्टीबाट प्रवेश गर्नेको लहर ल्याउने र आगामी निर्वाचनमा पार्टीको जित सुनिश्चित हुनेगरी जनताको बीचमा पुग्न नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।

जनता आफ्नो पार्टीको साथमा रहेकाले आगामी निर्वाचनमा विजयी हुनका लागि पार्टीले कुनै पनि मोर्चाबन्दी गरिरहन नपर्ने उहाँको दाबी छ । पार्टी मातहतका सबै जनवर्गीय संगठनलाई अभिलम्ब अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न ओलीले निर्देशन दिनुभयो ।

अध्यक्ष ओलीले अधिवेशन नभई जनवर्गीय संगठनहरूको नेतृत्व परिवर्तनको काम भएकाले अव छिटोभन्दा छिटो अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्दा मात्रै जनवर्गीय संगठनहरु कामकाजी हुने स्पष्ट पार्नु भयो । अध्यक्ष ओलीले पार्टीका नेताहरुले देश र जनताको सेवक भएर काम गर्नुपर्ने दोहोर्याउनुभयो । उहाँले राष्ट्रको अभिभारा एमालेको काँधमा रहेको उल्लेख गर्दै पार्टीले सोही अनुसारका गतिविधिलाई अघि बढाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू