अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१४ | Colorodo: 12:29

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकबाट तीन वटा प्रतिवेदन पारित

बिआरटीनेपाल २०७८ मंसिर २३ गते ६:५७ मा प्रकाशित

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले तीन वटा प्रतिवेदन र एउटा अनुमोदन सम्बन्धी प्रस्ताव पारित गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले १४ औँ महाधिवेशनमा प्रस्तुत गरिने महामन्त्रीद्वय डा. शङ्शाक कोइराला र पूर्णबहादुर खड्काको लिखित प्रतिवेदन पारित गरेको हो । त्यस्तै, लेखासम्बन्धी प्रतिवेदन र पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन पनि पारित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

साथै अनुमोदन सम्बन्धी प्रस्ताव समेत पारित गरिएको छ । तीन प्रतिवेदन र एक अनुमोदनसम्बन्धी प्रस्तावलाई अब महाधिवेशनमा लगिने छ । बैठकमा भोलिदेखि सुरु हुने पार्टीको महाधिवेशनको तयारी लगायत विषयमा छलफल भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । प्रवक्ता शर्माले महाधिवेशनमा भारतका राजनीतिक दलका प्रतिनिधि अतिथिका रुपमा सहभागी हुने निश्चित भएको समेत जानकारी दिनुभयो ।

उहाँले भोलि महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुने र यसलाई चुस्त र व्यवस्थित रुपमा सम्पन्न गर्नेगरी तयारी भएको जानकारी पनि दिनुभयो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल भने सहभागी हुनु भएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू