अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३० | Colorodo: 07:45

यस बर्ष सुनचाँदीको उत्साहजनक व्यापार

बिआरटीनेपाल २०७८ कार्तिक २२ गते ६:०८ मा प्रकाशित

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यले गत वर्षको तुलनामा यस वर्षको चाडपर्वमा सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताउनु भएको हो ।उहाँले विगतका दुई वर्षमा कोरोना भाइरसका कारण व्यापार हुन नसकेको भए पनि यस वर्षको चाडवाडमा अपेक्षा अनुसारकै व्यापार भएको बताउनुभयो ।

अध्यक्ष शाक्यले मंसिर महिनाबाट विवाहको लगन हुने भएकाले त्यो बेलामा पनि राम्रो व्यापार हुने कुरामा आशावादी रहेको बताउनुभयो । दसैं र तिहारको बेलामा प्रतिदिन सुनको व्यापार ४० किलो र चाँदीको व्यापार १ हजार किलोसम्म भएको उहाँले बताउनुभयो । अध्यक्ष शाक्यले आपूर्तिको २० किलो कोटालाई प्रतिदिन ३० किलो बनाएर जानुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू