अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३२ | Colorodo: 05:47

कोलम्बियाका मोस्ट वान्टेड लागु औषध तस्कर ‘आटोनियल’ पक्राउ

बिआरटीनेपाल २०७८ कार्तिक ७ गते ७:५२ मा प्रकाशित

विश्वकै सर्वाधिक खोजीको सूचीमा राखिएका कोलोम्बियाका लागु औषध तस्कर ‘आटोनियल’ पक्राउ परेका छन् । दायरो एन्टोनियो उसुगा पुरा नाम रहेका उनी कोलम्बियाका सबैभन्दा शक्तिशाली तस्करी समुहका नाइके मानिन्थे ।

वर्षौदेखि लागु पदार्थको तस्करी गर्दै आएका ओटोनियललाई कोलोम्बियाको सेना र प्रहरीको सयुक्त टोलीले गिरफ्तार गरेको हो । कोलोम्बियाले मोस्ट वान्डेटको सुचीमा रहेका ओटोनियलको बारेमा जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरिएको थियो ।

यसैगरी अमेरिकाले उनको टाउकोको मुल्य ५ मिलिएन अमेरिकी डलर तोकेको थियो । उनी पक्राउ परेलगतै कोलोम्बियका राष्ट्रपति इभान ड्युकले भिडियो सन्देश जारी गर्दै देशलाई ठुलो उपलब्धि हासिल भएको जानकारी दिनुभयो । उनलाई पानामाको सीमा नजिक कोलोम्बियामो उत्तर पश्चिम एन्टीकुया प्रान्तबाट पक्राउ गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू