अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२५ | Colorodo: 13:40

मन्त्रिपरिषद बैठक– बाढी–पहिरोमा परी मृत्यु भएकाका परिवारलाई दुई लाख दिईने, घर बनाउन तीनदेखि पाँच लाखसम्म प्रदान गर्ने निर्णय

बिआरटीनेपाल २०७८ कार्तिक ३ गते ७:१९ मा प्रकाशित

सरकारले हालै आएको बाढी पहिरोमा परेर मृत्यु भएकाका परिवारलाई राहत दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मृत्यु भएकाका परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाँणका अनुसार परिवारमा एकजनाको मृत्यु हुँदा दुई लाख र थप अर्को व्यक्तिको मृत्यु भए एक लाख थपेर दिने निर्णय भएको छ । घाइतेको निःशुल्क उपचार र राहतको व्यवस्था गरिने छ ।

प्राकृतिक विपत्तिमा घाइते र फसेकाहरुको उद्धारका लागि आवश्यक परेमा नेपाली सेनाका अतिरिक्त निजी क्षेत्रको हेलिकोप्टर पनि प्रयोग गर्ने निर्णय गरिएको छ ।यसैगरी, विपत्तिमा परी घरबार गुमाएकाहरुका लागि राहतस्वरुप हिमाली क्षेत्रमा एउटा घर निर्माणका लागि पाँच लाख, पहाडी क्षेत्रमा चार लाख र तराईमा तीन लाख दिने निर्णय पनि गरिएको छ ।

जमिन नभएकाहरूका लागि जमिन खरिद गर्न थप तीन लाख दिने र त्यो पनि सम्भव नभए सरकारले सामूहिक रूपमा आवास निर्माण गर्ने निर्णय पनि गयिरएको मन्त्री खाँणको भनाइ छ । देशभरका किसानको बालीमा पुगेको क्षतिको तथ्यांक संकलन गर्ने पनि सरकारले जनाएको छ । जतिसक्दो छिटो राजमार्गको अवरोध खोल्ने, अवरुद्ध विद्युत् र सञ्चार सेवा सुचारु गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू