अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५६ | Colorodo: 07:11

अमेरिकाले करिब ६० हजार अफगानी शरणार्थीलाई शरण दिने

विजय थापा २०७८ भदौ २८ गते १२:२६ मा प्रकाशित

अमेरिका सरकारले करिब ६० हजार अफगानी शरणार्थीलाई केही हप्ता भित्रमा शरण दिने भएको छ । बाइडेन प्रशासनले अफगानिस्तानमा तालिबानले नियन्त्रण लिए पछि त्यहाँ रहेका अमेरिकी नागरिक, स्थायी आवासीय पत्र तथा शरण चाहनेहरूका लागि मानवीय सहायता स्वरूप करिब ६० हजार जति शरणार्थीहरूलाई शरण दिने भएको समाचार सिएनएनमा प्रकाशित भएको छ ।

उनीहरूलाई आवासको व्यवस्थापन ब्यवास्थ्पन गर्न करिब ८ वटा सेनाका आधार शिविरहरू उपलब्ध गराइएका छन् । जस मध्ये १७ प्रतिशत अमेरिकी नागरिक र स्थायी आवासीय पत्र(ग्रिन कार्ड)वाला रहेका छन् भने उनीहरू पहिले नै आई सकेका छन् । उनीहरुत्यहाबाट आफ्नो गन्तव्य स्थान जान सक्नेछन् । तर उनीहरूको स्वास्थ्य जाँच गरिने र कोरोना खोप दिइने छ ।

अमेरिकी रक्षा सचिवले यहाँ बसेकालाई प्रक्रिया पुराए पछि त्यहाँबाट अन्य पठाइने र यो गर्न महिनौँ दिन लाग्ने बताए । सेनाको आधार शिविरमा दुई जना बच्चीहरूको जन्म पनि भई सकेको छ । ४ जनालाई दादुरा पनि भएको जनाइएको छ ।

 

प्रतिक्रिया