अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२९ | Colorodo: 04:44

डा. विष्णुमाया परियार न्यूजर्सीको जर्सी सिटी सहरको रोजगारी र तालिम समितिको सदस्यमा नियुक्त

विजय थापा २०७८ साउन १६ गते ८:२७ मा प्रकाशित

अमेरिकाको न्यु जर्सी राज्यको जर्सी सिटी सहरको नगर प्रमुख स्टिभन फुलपको डाईभर्सिटी र ईन्क्लुसिव बोर्ड(विविधता तथा समावेशी सञ्चालक समिति )कि पूर्व सल्लाहकार,सामाजिक अभियन्ता डा. विष्णुमाया परियार(मानार्थ विधा वारिधि )जर्सी सिटी सहरको रोजगारी र तालिम समितिको सदस्यमा सन् २०२१-२०२४ कार्यकालको निम्ति नियुक्त भएकी छिन् ।

जर्सी सिटी सहरको सिस्टर सिटीको लागि ईमिसरी (विशेष दूत) रहेकी डा. परियारको पहलमा सन् २०१९ मा जर्सी सिटी सहर र नेपालको इन्द्रावती गाउँपालिका बिच बिच भगिनी सम्बन्ध (सिस्टर सिटी )कायम गरिएको छ भने सन् २०१७ मा उनकै नेतृत्वमा जर्सी सिटीको सिटी भवनमा नेपालको झन्डा फहराइएको छ।

डा. परियार एनआरएनए आइसिसीको वर्तमान निर्वाचन आयुक्त, ग्लोबल गोर्खा समाजको संरक्षक र एडवान् संस्थाकी संस्थापक अध्यक्ष पनि हुन्।

अमेरिकाको जर्सी सिटी सहर र नेपालको इन्द्रावती गाउँपालिका बिच सन् २०१९ को जनवरी २४ तारिख सिस्टर सिटी(भगिनी सम्बन्ध ) बनाउन दुई नगर प्रमुख द्वारा आठ बुँदे ऐतिहासिक सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो। यी दुई सहर र गाउँपालिका बिच हुने औपचारिक रूपमा भगिनी सम्बन्ध बनाउन जर्सी सिटी परिषदद्वारा सन् २०१८ को डिसेम्बर १९ तारिख ऐतिहासिक परिषद् प्रस्ताव पारित गरिएको थियो।

जर्सी सिटी नगर प्रमुख स्टेभन फुलपकी सल्लाहकार तथा दुई सहर बिचकी ईमिसरी (विशेष दूत) को रूपमा नियुक्त डा. विष्णुमाया परियारको पहल र नेतृत्वमा यी दुई सहर बिच भगिनी सम्बन्ध (सिस्टर सिटी )बनाउन सफल भएको हो। अन्य मुलुकको सहरसँग सिस्टर सिटी बन्ने इन्द्रावती गाउँपालिका विश्वमै नयाँ नेपालको पहिलो गाउँ पालिका हो।

यस अघि, जर्सी सिटी सहरद्वारा सन् २०१५ र २०१८ मा परिषद् सभापति रोलाण्डो लाभारोको सबल नेतृत्व र डा. परियारको तत्परतामा अमेरिकामा रहेका नेपालीहरूको लागि टिपिएस् (अस्थायी सुरक्षित दर्जा )परिषद् प्रस्ताव पारित गरिएको थियो।

अस्थायी सुरक्षित दर्जा (टिपीएस )प्रस्ताव पारित गर्ने जर्सी सिटी (सहर ) एक मात्र अमेरिकी सहर हो । त्यसै गरी, नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी मेयर स्टेभन फुलपद्वारा सन् २०१७ को जुन ३० तारिख अमेरिकी भूमिमा नेपाली झन्डा फहराउने ऐतिहासिक झन्डोत्तोलन समारोह सम्पन्न भएको थियो ।

सिटी हल भवन भित्र नेपालको झन्डा फहराउने जर्सी सिटी पहिलो अमेरिकी सहर हो र विश्वमै संम्भवतः: पहिलो घटना हो। नेपाली सामाजिक अभियन्ता एवं जर्सी सिटी मेयर फुलपकि सल्लाहकार डा. परियारले झन्डोत्तोलनको लागि पहल गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू