अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५० | Colorodo: 14:05

बाल्टिमोरमा गोलीबाट नेपाली विद्यार्थी सागर घिमिरेको निधन

विजय थापा २०७८ वैशाख २७ गते १५:२८ मा प्रकाशित

मेरिल्यान्ड राज्यको बाल्टिमोरमा गत शनिवार बिहान भएको गोली काण्डमा कूल ४ जना मृत्यु हुने मध्येका एक नेपालीको पहिचान भएको छ । उनको नाम पारिवारिक तथा नेपाली समुदायका अनुसार अन्दाजी २४-२५ वर्षका सागर घिमिरे भएको पुष्टि भएको छ ।

उनका नजिकका आफन्तका अनुसार उनी निकै प्रतिभावान्/होनहार विद्यार्थी समेत रहेको बुझिएको छ । उक्त घटना बाल्टिमोर कै उप नगर क्षेत्र वुडलन भन्ने स्थानमा बिहानै करिब ६:३० मा भएको थियो भने उक्त स्थान बाल्टिमोरको मुख्य सहर इनर हार्बर देखि ९ माइल उत्तर पश्चिममा रहेको छ । स्व घिमिरे छात्रवृत्तिमा अध्ययन गर्न अमेरिका आएका थिए ।

बाल्टिमोर काउन्टीका प्रहरी प्रवक्ता जोय स्टेवार्डका अनुसार उनीहरूलाई घरमा आगजनी र गोलीवारी भएको घटना बारेमा जानकारी गराए पछि घटनास्थलमा ६:४० बिहान पुगेका थिए । प्रहरीहरू त्यहाँ पुग्दा गोली चलाउने बन्दुकधारी ५६ वर्षीय एभर्टन गोली चलाई रहेकोले प्रहरीको गोलीबाट उनको निधन भएको थियो ।

घरमा आगो लागे पछि बाहिर भाग्ने बित्तिकै उक्त उदण्ड व्यक्ति ब्राउनले घिमिरेलाई गोली र अर्का नेपाली श्याम अधिकारीलाई पनि गोली हानेका थिए । संयोगवश अधिकारी बचेका थिए भने उनको अस्पतालमा उपचार भई रहेको छ । अन्दाजी २६ वर्ष भएका अधिकारी नेपाली सर्लाही घर भएको बुझिएको छ भने उनी न्यु मेक्सिकोबाट बाल्टिमोर आएका हुन् ।

उनको यूनिवर्सिटी अफ मेरिल्यान्ड बाल्टिमोर (२२ ग्रीनी स्ट्रिटमा )उपचार भइरहेको र अवस्था खतरा मुक्त भएको र भरखरै महावाणिज्यदूत दूत प्रेमराजा महतले भेट्नु भएको र राजदूत डा युवराज खतिवडा पनि नियमित सम्पर्कमा रहनु भएको कुरा प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्ष प्रभु थापाले बताए । नेपाली विद्यार्थी घिमिरेलाई गोली हानी हत्या गर्ने र अधिकारीलाई घाइते बनाउने बन्दुकधारी ब्राउन उटपट्याङ, आक्रामक, अराजक र अशान्त भएको छिमेकीले प्रहरीहरूलाई गुनासो समेत गरेका थिए ।

बन्दुकधारी सहित मृत्यु हुनेहरुमा नेपाली विद्यार्थी घिमिरे, २ स्पानेली मध्ये १ महिलाको पनि मृत्यु भएको थियो भने हाल सम्म प्रहरीले अन्यको नाम सार्वजनिक गरेको छैन ।

गोली लागि निधन भएका घिमिरे बाल्टिमोर क्षेत्रमै बसोबास गर्दै आएका पूर्वेली मौलिक नेपाली भाकाका अनुसन्धानकर्ता तथा वरिष्ठ लोक गायक नवीन कुमार खड्काका नजिकका आफन्त हुन् । खडकाका अनुसार स्व घिमिरे साउथ क्यारोलाइनाबाट पढाई सकेर उनी आफ्नो साथीले लिएको भाडाको घरमा केवल ८-१० दिन मात्र अगाडी दीक्षान्त समारोह सकी बाल्टिमोर आएका थिए । खडकाका अनुसार स्व घिमिरेका आमाको करिब ३ वर्ष अगाडी मृत्यु भई सकेको र बुवा पूर्व शिक्षक पेसाबाटै निवृत्तिभरण प्राप्त भई सकेको जानकारी दिए । साथै स्व घिमिरेको एक दिदी काठमाडौँको नर्भिक अस्पतालमा स्वास्थ्य परिचारिका(स्टाफ नर्स )हुन् भने स्व एक दाजु मात्र रहेको खड्काले बताए ।

स्व घिमिरेको नेपाल घर सङ्खुवासभा खादवारी न.पा. ६, तल्लो पाठा निवासी हुन् भने पिता विक्रम घिमिरेका पुत्र हुन् । स्व घिमिरेका काका कप्तान घिमिरे क्यालिफोर्नियामा बसोबास गर्ने भएकोले भोलि भतिजाको कामको लागि बाल्टिमोर आउने भएका छन् । खडकाका अनुसार मृतकका बुवा साइँलो हुन् भने कप्तान घिमिरे काइँलो काका हुन् ।

अहिले सम्म बाल्टिमोर काउन्टी प्रहरीले शव दिएको छैन भने अनुसन्धान चली रहेको छ । स्व घिमिरेले साउथ क्यारोलाइनाको बिश्वबिद्यालयबाट स्नातक गरे पछि उनले थुप्रै जनालाई कृतज्ञता ज्ञापन गरेका छन् । उनले यूथ एसिया भने संस्थामा काम गरेको उल्लेख गरेका छन् । उनले काठमाडौँ जोरपाटी आरुवारिको अरुण ज्योति विद्या मन्दिरमा अध्ययन साथै खादवारि तुम्लिङ्गटारको मनकामना उच्च माध्यमिक विद्यालयबाट जीव विज्ञान र भौतिक विज्ञान अध्ययन गरेका थिए ।

उनी साउथ क्यारोलाइनाका कोलम्बियामा बसोबास गर्ने भनी सामाजिक सञ्जालमा उनले उल्लेख गरेका छन् । उनले अप्रिल २५ का दिन विशेष कल्पना मिश्र एक अनुकरणीय व्यक्ति भन्दै प्रशंसा गर्नुको साथै आफ्ना मातापिता र कुमार घिमिरे दाइ लाई विशेष धन्यवाद दिएका छन् । तपाईँहरूको बिना सर्तको माया र समर्थन बिना यो सम्भव थिएन भनी भावुक शब्दहरू प्रयोग गरेका छन्

घटना भए देखि बाल्टिमोरको छाता सङ्गठन बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका(बाना)का अध्यक्ष सुबोध विलास पन्त तथा महा सचिव किरण ढकाल घटनास्थलमा पुगेका थिए भने अझ पनि ठुलो भूमिका निर्वाह गरी रहेका छन् । पन्त र ढकालका अन्तिम संस्कार र अन्य कार्य गर्न सम्भवतः गो फन्ड पनि खोलिएको छ । यता प्रवासी नेपाली एकता मञ्च अमेरिकाका सभापति प्रभु थापाले स्व घिमिरेका आफन्त र परिवारका नजिकका मानिसहरूसँग समन्वय गरी रहेका छन् ।

अध्यक्ष पन्तका अनुसार एक नेपालीको घर पुरै ध्वस्त भएको छ भने त्यहाँ कम्तीमा दुई घर पुरै र दुई घर आंशिक रूपमा जलेको बताए । बन्दुकधारी सन्दिग्धले अन्य नेपालीहरू पनि खेदेको र भागेर ज्यान बचाएका थिए । प्रहरीको गोली लागि मृत्यु भएका ब्राउन छर छिमेकलाई बर्षौ देखि धम्की दिने र सडकमा मानिस हिड्दा चिच्याउने गर्थे भनी अन्तर्वार्ता समेत दिएका थिए ।

उनलाई सहयोग गर्न यो लिन्कमा क्लिक गर्नुहोला ।  (गो फन्ड)

तस्बिर :सामाजिक सञ्जाल

प्रतिक्रिया