अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने ओली समुहको निर्णय

बिआरटीनेपाल २०७७ फागुन १२ गते ७:४१ मा प्रकाशित

नेकपा ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको छ । अदालतको फैसला स्वीकार्दै अदालतले तोकेको समयसीमा भित्रै संसद्को बैठक बोलाउने निर्णय भएको ओली समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो । संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको र फैसलाले दिएको समयसीमा भित्रै बैठक बस्ने ज्ञवालीले जानकारी दिनुभयो ।

त्यस बीचमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल हुने उहाँले बताउनुभयो । सर्वोच्च अदालतले हिजो संसद् विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ । राजधानीमा उपलब्ध स्थायी कमिटी बैठकले चारवटा निर्णय गरेको ज्ञवालीले बताउनु भएको छ ।

अनपेक्षित भएपनि शक्ति पृथकीकरणको सिद्धान्त मान्ने पार्टी भएकाले सर्वोच्चको फैसला स्वीकार्दै कार्यान्वयनमा लैजाने, फैसलापछि पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने, केन्द्रीय कमिटी बैठक र दलको बैठक छिटै बोलाउने निर्णय भएको ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू