अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४१ | Colorodo: 08:56

कोरोना संक्रमणबाट विदेशमा थप ३ नेपालीको मृत्यु

बिआरटीनेपाल २०७७ माघ २५ गते ७:२६ मा प्रकाशित

कोभिड १९ को संक्रमणबाट विदेशमा थप ३ नेपालीको मृत्यु भएको छ ।गैरआवासीय नेपाली संघका अनुसार कोरोना संक्रमणबाट यो साता बेलायतमा दुई र अल्जेरियामा एक गरी थप तीन जनाको मृत्यु भएको हो । योसहित २१ देशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ३ सय ३३ पुगेको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ८३२ नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५६ हजार २४७ जना कोरोनामुक्त भएका छन् । यो कूल संक्रमितको ९४ प्रतिशत हो ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार ३५ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ७१ हजार ८०६ जना छन् भने दुई लाख ६६ हजार ८१२ अर्थात् ९८ दशमलव ०५ प्रतिशत कोरोनाबाट मुक्त भएको कोभिड १९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू