अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

“ओलीले संसद होइन संविधान विघटन गरेको हो” – प्रचण्ड

बिआरटीनेपाल २०७७ माघ ५ गते ६:१८ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले जबजको आधार र सिद्धान्तलाई त्यागेको बताउनुभएको छ ।अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले नेकपामा जबजको आधार र सिद्धान्तलाई सबैभन्दा पहिले प्रधानमन्त्री ओलीले त्यागेको दाबी गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटनको विषयमा अदालतमा बहस चलिरहेको बताउदै अदालतले न्यायोचित फैसला गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले संसद विघटन नभई संविधान विघटन गरेको उहाँले दाबी गर्नुभयो । नेपाली जनताको लामो प्रतीक्षा र ठूलो संघर्षपछि प्राप्त संविधानको रक्षाका लागि नेपाली जनताले अन्तिम समयसम्म लडिरहने अध्यक्ष प्रचण्डको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू