अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३३ | Colorodo: 17:48

बाल यौन दुराचारको आरोपमा फ्रेन्च नागरिक पक्राउ

बिआरटीनेपाल २०७७ मंसिर १६ गते ६:५३ मा प्रकाशित

कास्कीको पोखराबाट बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गरेको आरोपमा फ्रेन्च नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ६ खहरे बस्ने फ्रेन्च नागरिक ६० वर्षीय सर्ज हेनरी नगरेट छन् । पोखरा महानगरपालिका १७ बिरौता पावरहाउस फुस्रेखोला बगरमा ७ वर्षीय, ८ वर्षीय र १२ वर्षीय गरी ३ जना नाबालकलाई बाल यौन दुरुपयोग र शोषण गरिरहेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा उनलाई पक्राउ गरेको हो ।

बिभिन्न हिसाबले नेपाल प्रवेश गरेका तथा नेपालमा आई बसेका केही विदेशी नागरिकहरु बाल यौन दुरुपयोग र शोषण कार्यमा संलग्न रहेको भन्ने सूचनाको आधारमा ब्यूरोको टोली खटिएको डीआईजी सहकुल थापाले जानकारी दिए । पेशाले कम्प्युटर ईन्जिनियर रहेका उनी ‘नन टुरिष्ट भिसा’मा नेपालमा बसोबास गरिरहेको खुलेको छ ।

उनलाई बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रकृया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाईएको र पीडित ३ जना नाबालकलाई उद्धार गरी अभिभावकलाई जिम्मा लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू