अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५९ | Colorodo: 09:14

अनेसास, कोलोराडो च्याप्टरद्वारा ११२ औँ लक्ष्मी जयन्ती तथा साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न 

बिआरटीनेपाल २०७७ मंसिर ७ गते १९:५४ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो च्याप्टरद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा आयोजित लक्ष्मी जयन्ती तथा साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । जूम मार्फत आयोजना गरिएको यस अनलाइन कार्यक्रमका सहभागीहरूले महाकवि देवकोटासँग सम्बन्धित विभिन्न सामाग्रीहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अनेसास, बोर्ड अफ ट्रस्टिजका उपाध्यक्ष पदम विश्वकर्माले महाकवि देवकोटाको जीवनी प्रस्तुत गर्नुभएको थियो । यसै गरी विमल अधिकारीले देवकोटाको काव्यगत चिन्तनबारे चर्चा गर्नुभएको थियो भने डा. विजयराज शर्माले देवकोटाका रचनामा सीमान्तकृत र उपेक्षित वर्गको सामाजिक विभेद र उत्पीडनको विरोधको बारेमा आफ्नो विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा अनेसास, केन्द्रीय उपाध्यक्ष (अमेरिका) राजेन्द्र श्रेष्ठ, अनेसास, केन्द्रीय कोषाध्यक्ष कृष्ण गिरी तथा अनेसास बोर्ड अफ ट्रस्टीका सदस्य डन कार्की अतिथिको रूपमा सहभागी भएर आफ्ना रचनाहरू पाठ गर्नुको साथै देवकोटा जयन्तीको महत्त्वबारे चर्चा गर्नुभएको थियो ।

यस्तै कार्यक्रममा प्रमीला शर्मा, निर्मल प्याकुरेल, समीर आचार्य, भुपेन्द्र महत, वासुदेव खनाल, मिना पौडेल, माधव शिवाकोटी, देव भट्टराई, किरण अधिकारी र तारा अधिकारीले साहित्यिक रचनाहरू पाठ गर्नुभएको थियो । एडमन्टन, क्यानडाबाट सहभागी हुनुभएकी देवकी गिरीले महाकवि देवकोटाको यात्री कवितामा आधारित गीत गाउनु भएको थियो । कार्यक्रमको सभापतित्व च्याप्टरकी अध्यक्ष तारा अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन किरण अधिकारीले गर्नुभएको थियो । बिआरटीनेपालको फेसबुक मार्फत कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू