अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५२ | Colorodo: 06:07

यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई प्रदान गर्ने निर्णय

बिआरटीनेपाल २०७७ असोज २३ गते ७:२९ मा प्रकाशित

सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमलाई दिने घोषणा गरिएको छ । विश्वमा भोकमरी नियन्त्रण गर्न काम गरेकाले विश्व खाद्य कार्यक्रमलाई यस वर्षको नोबेल शान्ति पुरस्कार दिने निर्णय लिइएको पुरस्कार दिने संस्थाले जनाएको छ ।द्वन्द्व अन्त्य गर्न, शान्ति स्थापना गर्न, राष्ट्रहरुबीचमा सम्बन्ध सुधार्न भूमिका खेल्ने व्यक्ति तथा संस्थाहरुलाई प्रदान गरिने यस सम्मानित पुरस्कार यस वर्षका लागि भने विश्व खाद्य कार्यक्रमका लागि दिइने भएको हो ।

१० लाख अमेरिकी डलरको यो पुरस्कार भोकमरी नियन्त्रण गर्न काम गरेकाले विश्व खाद्य कार्यक्रमलाई दिने निर्णय गरिएको स्विडिस एकेडेमीले जनाएको छ । विश्व खाद्य कार्यक्रमले भोकमरीलाई युद्ध र द्वन्द्वको अस्त्रका रूपमा प्रयोग गर्न रोक्ने प्रयास गरेकाले उक्त सम्मान दिइएको उल्लेख गरिएको छ । यसअघि यस पुरस्कारबाट एम्नेष्टी इन्टरनेशनल, युरोपियन युनियन, अमेरिकी पूर्वराष्ट्रपतिहरु बराक ओबामा, जिम्मी कार्टर, मलाला यूसुफजाई, कोफी अन्नान, नेल्शन मण्डेला, मार्टिन लुथर किंङ जुनियरलगायत सम्मानित भइसकेका छन् ।

यसअघि नोबेल साहित्यतर्फ अमेरिकी कवि लुईस ग्लुक, रसायन शास्त्रतर्फ इम्यानुएल चार्पेन्टियर र जेनिफर ए. डोड्ना, भौतिक शास्त्रतर्फ ब्ल्याक होलको खोजीका लागि रोजर पेनरोज, रेइनहार्ड जेनजेल र एन्ड्रिया घेज, मेडिसिनतर्फ हार्वे जे अल्टर, माइकल ह्यूटन र चाल्र्स एम राइसलाई आ–आफ्नो खोजका लागि प्रदान गर्ने घोषणा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू