अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२९ | Colorodo: 22:44

नेकपा अध्यक्षद्वयबीच सहमति नहुँदा तत्काल मन्त्रिपरिषद हेरफेर नहुने

बिआरटीनेपाल २०७७ असोज २३ गते ७:२४ मा प्रकाशित

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ठोस सहमति नभएपछि तत्कालका लागि मन्त्रिपरिषद पुर्नगठन नहुने भएको छ । मन्त्री चयनका लागि अध्यक्षद्वयले ठोस मापदण्ड बनाउन नसकेपछि तत्कालका लागि मन्त्रिपरिषद् पुनर्गठन टरेको हो ।भदौ २६ गते सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्न म्याण्डेट दिएको थियो ।

त्यसपछि असोज ४ गते बसेको सचिवालय बैठकले अध्यक्षद्वयलाई मन्त्रिपरिषद् पुनर्गठनका लागि ठोस मापदण्ड तय गर्ने जिम्मेवारी दिएको थियो । तर अध्यक्षद्वयबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने भन्ने बारेमा पटक–पटक छलफल भएपनि मापदण्डमा कुरा नमिल्दा मन्त्री हेरफर तत्काल नहुने भएको बताईएको छ ।

मन्त्रिपरिषद् पुनगर्ठनका लागि मापदण्ड तय नभएपनि रिक्त रहेका तीनवटा मन्त्रालयमा भने तत्कालै मन्त्री नियुक्त गर्न अध्यक्षद्वय सहमत छन् । ओली र प्रचण्ड बीच अर्थ, सूचना तथा सञ्चार र शहरी विकास मन्त्रालयमा एकदुई दिनभित्रै मन्त्री नियुक्त गर्ने सैद्धान्तिक सहमति भएको बताइएको छ । तर कुन मन्त्रालय कसले लिने भन्नेमा भने मतभेद कायमै रहेको दुवै अध्यक्षका निकट नेताहरुले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू