अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२५
| Colorodo: 04:40
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचारलगायत अनियमितता गरेकोले जुनसुकै बेला आन्दोलन गर्नुपर्ने अवस्था आउने बताउनुभएको छ । सरकारले अप्रजातान्त्रिक काम गरिरहेकोले आन्दोलन गर्ने दिन आउन सक्ने देउवाको भनाइ थियो ।
नेपाल महिला संघ केन्द्रीय समितिले सोमबार गरेको भर्चुअल कार्यक्रममा सभापति देउवाले कम्युनिष्ट सरकारले अति बदमासी गरेको आरोप लगाउनुभयो ।
ओली नेतृत्वको सरकारले कर्मचारीलाई पनि धम्क्याउने, तर्साउने काम गरिरहेको उहाँले बताउनुभयो । ओली सरकारलाई तह लगाउनुपर्ने उल्लेख गर्दे उहाँले सरकारलाई घेर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । कोरोना महामारी रहेकोले अहिले नै सरकारविरूद्ध आन्दोलन गर्न सक्ने अवस्था नरहेको सभापति देउवाको भनाई छ ।