अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१३ | Colorodo: 05:28

कोरोनाबाट विश्वभर ३ करोड २८ लाख ३ हजार बढी संक्रमित, ९ लाख ९४ हजार बढीको मृत्यु

बिआरटीनेपाल २०७७ असोज १० गते ७:२६ मा प्रकाशित

विश्वभर महामारीकारुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ९४ हजार ३ सय १३ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर ३ करोड २८ लाख ३ हजार ४ सय ८२ पुगेको छ ।

कुल संक्रमितमध्ये २ करोड ४१ लाख ९९ हजार ६ सय ७० जना निको भएका छन् भने करिब ७६ लाख ९ हजार ४ सय ९९ मानिस कोरोनाका सक्रिय संक्रमित छन् । विश्वभर अझैपनि ६३ हजार ९ सय ३९ मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेसा, व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने त्यहाँ संक्रमितको संख्या पनि ७२ लाख ४५ हजार ७ सय नाघिसकेको छ ।

कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म २ लाख ८ हजार ४ सय भन्दा बढीको मृत्यु भएको छ । विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ५९ लाख ८ हजार ७ सय संक्रमित भएका छन् भने ९३ हजार ४ सय भन्दा बढीको ज्यान गइसकेको छ । त्यस्तै, ब्राजिलमा करिब ४६ लाख ९२ हजार ५ सय बढी व्यक्ति संक्रमित भएकामा १ लाख ४० हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ ।

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि २० हजार २ सयभन्दा बढीको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ । युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर सुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू