अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३१ | Colorodo: 17:46

नेकपा नेता वामदेवलाई ‘थप संवैधानिक जिम्मेवारी’ नदिन सर्वोच्चको आदेश

बिआरटीनेपाल २०७७ असोज ७ गते ७:१९ मा प्रकाशित

सर्वोच्च अदालतले नेकपा नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यको रुपमा काम नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई राष्ट्रिय सभा सदस्यको रुपमा काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले गौतमलाई थप संवैधानिक दायित्व नलिन नदिन आदेश जारी गरेसँगै उनी सरकारमा सहभागी हुने बाटो बन्द भएको छ।

सर्वोच्चको आदेशमा संवैधानिक नैतिकताका सिद्धान्त समेतलाई दृष्टिगत गरी दीर्घकालसम्म स्थायी संवैधानिक मान्यता कायम हुने गरी गरिनु पर्ने उल्लेख छ ।

विषयवस्तुको गाम्भीर्य एवं संवैधानिक महत्वलाई दृष्टिगत गर्दै प्रस्तुत विवादमा अन्तरिम आदेश जारी हुने वा नहुने विषयको टुंगो नलागेसम्म यथास्थितिमा राख्न आवश्यक देखिएको उल्लेख गर्दै सर्वोच्वले विपक्षी नम्बर ५ को हकमा थप संवैधानिक जिम्मवारी दिने लिने कार्य नगर्नु नगराउनू’ भनी‘ अन्तरिम आदेश जारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू