अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०० | Colorodo: 08:15

नेकपा सचिवालय बैठक– मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डका बिषयमा छलफल

बिआरटीनेपाल २०७७ असोज ४ गते ७:१८ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी मापदण्डबारे नीतिगत छलफल भएको छ । कोटेश्वर पेरिसडाँडास्थित जनवर्गीय संगठनहरूको केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी मापदण्डमा केन्द्रित रहेर छलफल भएको जनाईएको छ । आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनसहित चार एजेन्डामा छलफल केन्दि«त रहेको थियो ।

स्थायी समिति बैठकको निर्णयअनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने, सचिवालय पुनर्गठनका मापदण्डका सम्बन्धमा नीतिगत सुझाब बैठकमा सचिवालय सदस्यहरुले दिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले सरकारलाई प्रभावकारी बनाउने, सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने लक्ष्यलाई अगाडि बढाउने सन्दर्भमा विभिन्न कोणबाट विभिन्न विकल्पमा छलफल भएको बताउनुभयो ।

बैठकले संवैधानिक र राजनीतिक नियुक्ति, सांगठनिक एकीकरणका बाँकी काम र विविध एजेन्डा तय गरेको छ । विविधअन्तर्गत संगठन विभागका निर्णयहरूको अनुमोदन, रिक्त स्थानमा स्थायी समिति र केन्द्रीय कमिटी सदस्यहरुको पदपूर्ति, केन्द्रीय कमिटीका सदस्यहरूलाई नियमित आर्थिक सहयोग, कोभिड १९ महामारीका वेला पार्टीका संघीय संसद्का सदस्यहरूको बैठक भत्ताका विषयमा पनि छलफल भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

बाँकी एजेन्डाहरूमा छलफल गर्न सचिवालय बैठक जनसंगठनहरूको कार्यालय, पेरिसडाँडामै सोमबार दिउँसो १ बजे बस्ने तय भएको छ । नेकपा एकीकरणपछि पहिलोपटक तत्कालीन माओवादीको कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बसेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू