अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१५ | Colorodo: 17:30

सङ्क्रमितको सम्पर्कमा पुगेका व्यक्तिले स्वास्थ्य परीक्षणमा हतार नगर्न स्वास्थ्य मन्त्रालयको सुझाव

बिआरटीनेपाल २०७७ भदौ ६ गते ७:१४ मा प्रकाशित

सरकारले कोरोनाको सङ्क्रमण दिनहुँ बढीरहेकाले स्वास्थ्य परीक्षण गर्दा पनि ध्यान दिन सुझाव दिएको छ । आफ्नो सम्पर्कमा रहेका व्यक्तिलाई कोरोना पोजेटिभ देखिनासाथ आत्तिएर धेरै जना स्वास्थ्य परीक्षणमा जाने गरेको भन्दै स्वास्थ्य मन्त्रालयले त्यसो नगर्न सुझाव दिएको छ । सङ्क्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिले स्वास्थ्य परीक्षणका लागि ५ देखि ७ दिन पर्खनु पर्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

उहाँका अनुसार सङ्क्रमितसँग सम्पर्कमा रहनासाथ गरिएको स्वास्थ्य परीक्षणको रिपोर्ट नेगेटिभ आउन सक्ने भएकाले स्वास्थ्य परीक्षणका लागि ५ देखि सात दिन पर्खनु उत्तम हुन्छ । यो अवधिमा अरुको सम्पर्कमा नरहने गरी होम क्वरेण्टीनमा बस्न उहाँले आग्रह गर्नुभयो । अहिले देशका धेरै ठाउँमा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले स्वास्थ्य परीक्षणमा ध्यान दिन सके पनि सङ्क्रमण केही कम हुन सक्ने मन्त्रालयको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू