अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१८ | Colorodo: 08:33

तमु धी कोलोराडोको भवन निर्माणको लागि व्रुमफिल्डमा जग्गा खरिद

बिआरटीनेपाल २०७७ साउन १५ गते ९:२१ मा प्रकाशित

तमु धी कोलोराडोको भवन निर्माणको लागि (1016 Depot Hill, Broomfield, Co) व्रुमफिल्डमा जग्गा खरिद गरेको छ । तमु धि कोलोराडोका महासचिव भुवन गुरुङले बिआरटी नेपाल डट कमलाई दिएको जानकारी अनुसार उक्त जग्गा जुलाई २७ २०२० का दिनमा खरिद गरेको हो ।

कोलोराडोवासी सम्पूर्ण तमुहरूको लागि उक्त दिन महत्त्वपूर्ण दिनको रूपमा अविस्मरणीय रहनेछ, भन्छन् महसचिब गुरुङ । कोलोराडोमा धेरै पहिलेदेखि नेपाली समुदायको बसोबास हुन थालेको र गुरुङहरूको उपस्थिति बाक्लिँदै गएपछि समुदायमा समस्याहरू पनि बढ्दै जानु स्वाभाविक हो । समुदायका थुप्रै बुवा आमा बिरामी परे, प्राण जाने वेलासम्म छोराछोरीले मृत्यु संस्कार नगरिदिँदा मैले राम्रोसँग स्वर्ग जान पाउँदिन कि भन्ने वहाँहरूको चिन्ता हुन्थ्यो, कति दुर्घटनामा परे र कतिको मृत्यु भयो, परिवारमा चिन्ता हुन्थ्यो कहाँ गएर सामाजिक संस्कार गर्ने । यो समस्या तमु समुदायमा मात्र होइन, तमाम अन्य नेपाली समुदायको पनि ज्वलन्त समस्या हो, महासचिव भन्छन् ।

विगत लामो समयदेखि कोलोराडोवासी तमाम नेपाली समुदायमाझ आफ्नै भवनको खाँचो महसुस गरी भवनको लागि प्रयासहरू नभएका होइनन्, ती प्रयासहरू अझै जारी नै छ, हाम्रा समस्याहरू जस्ताको तस्तै रहेको अवस्थामा तमु धी कोलोराडोले आफ्नै भवन बनाउन पहल गरेको हो ।

तमु धी कोलोराडोका अध्यक्ष श्री चन्द्रमान गुरूङ्ले धेरै अघिदेखि संस्थाको आफ्नै भवन बनाउनु पर्छ भन्दै आएका थिए । केही महिना अघि देखि समाजका अग्रज व्यक्तित्वहरू श्री पूर्ण बहादुर गुरुङ, श्री रमेश गुरुङ लगायत अन्य व्यक्तिहरूबाट समुदायमा यो विषयबारे पुनः प्रवेश गराउनु भई जग्गा खरिद गर्न प्रेरणा र हौसला दिएका थिए । यसै बिच जुन २१, २०२० फादर्स डेका दिन जुम भिडियो कन्फरेन्सको माध्यमद्वारा तमु धी कोलोराडोको बैठक बसी सोही पवित्र दिनमा भवन निर्माणको लागि सङ्कल्प गरी चन्दादाताहरूबाट चन्दा सङ्कलन अभियान सुरु भएको थियो ।

चन्दा रकम जम्मा हुन थालेपछि सुरुमा व्रुमफिल्ड हाइटको जग्गा खरिद प्रक्रिया अघि बढाएको र उक्त जग्गा विविध कारणले उपयुक्त नदेखिएकोले व्रुमफिल्डकै डिपोट हिल स्थित जग्गा यसको मूल्य, सबैलाई पायक पर्ने, आवश्यक पानी विद्युत् र ढलको व्यवस्था भइसकेकोले उक्त जग्गा उपयुक्त देखिई उक्त जग्गा खरिद गर्ने निर्णय भएको थियो ।

जग्गा खरिदको लागि चन्दा दिनुहुनेहरुमा, श्री पूर्ण बहादुर गुरुङ/श्रीमती हरिशोभा गुरुङ, श्री रमेश गुरुङ, श्री चन्द्रमान गुरुङ/श्रीमती रमा गुरुङ, श्री मनोज गुरुङ/श्रीमती सुषमा गुरुङ, श्री नरेश गुरुङ/ज्योति गुरुङ, श्री अरुण गुरुङ/श्रीमती देवी गुरुङ, श्रीमती सपना श्रेष्ठ गुरुङ/श्री सुरजमान श्रेष्ठ, श्री रवि गुरुङ/श्रीमती मनीषा गुरुङ, श्री चाम गुरुङ/श्रीमती मिना गुरुङ, श्री अशोक गुरुङ/श्रीमती रोशनी गुरुङ, श्री धनराज गुरुङ/श्रीमती गङ्गा गुरुङ, श्री लोक मल्ल/श्रीमती रेसम गुरुङ मल्ल, श्री युवराज जङ्ग गुरुङ/श्रीमती अनिता गुरुङ, श्रीमती कमला गुरुङ, श्रीमती सुनिता घले/श्री राजीव थापा, श्री वि. वि. घले/श्रीमती सुकुमाँया घले, श्री लीला जङ्ग गुरुङ/श्रीमती माइती गुरुङ, श्री खगेन्द्र जङ्ग गुरुङ/ श्रीमती नबिना गुरुङ हुन ।

जग्गा खरिदको उद्देश्य सांस्कृतिक र धार्मिक सभा हल बनाउने, नेपाली तथा अन्य सङ्घ संस्थाहरूले भाडा तिरेर प्रयोग गर्न पाउने । भवन निर्माण सकेसम्म छिटो सुरु गर्ने भनिएको छ ।

प्रतिक्रिया