अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३१ | Colorodo: 22:46

एक महिनापछि प्रदेश २ को बजेट पारित

बिआरटीनेपाल २०७७ असार २९ गते ६:५४ मा प्रकाशित

बजेट आएको एक महिनापछि प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट बहुमतले पारित गरेको छ । यसअघि सर्वसम्मतले पारित हुँदै आएको बजेट यसपटक भने मत विभाजन प्रकृयाले बहुमतले पारित भएको हो । बजेटमा अनुत्पादक खर्च बढी राखिएको भन्दै प्रतिपक्षी दलले पारित गर्न दिएको थिएन । गत असार १ गते प्रदेश सरकारले ३३ अर्ब ५६ करोड ९ लाखको बजेट प्रस्तुत गरेको थियो ।

बजेट सर्वसम्मतले पारित नभएपछि सभामुख सरोज यादवले मत विभाजन का आधारमा बहुमतले पारित भएकोे घोषणा गर्नुभएको हो । प्रदेशका कुल १ सय ७ सांसदमध्ये प्रदेश सभाको बैठकमा ८० जना उपस्थित थिए ।

यसमध्ये ४८ जना बजेटको पक्षमा र अन्य विपक्षमा उभिएका थिए । प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि चालु आर्थिक वर्ष भन्दा ५ अर्ब १६ करोडले कमको बजेट ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू