अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३१ | Colorodo: 05:46

ईरानमा सभासमारोह र प्रवेश परीक्षामा रोक

बिआरटीनेपाल २०७७ असार २८ गते ६:४८ मा प्रकाशित

ईरानमा सबै प्रकारका समारोह र प्रवेश परीक्षामा रोक लगाइएको छ । ईरानका राष्ट्रपति हसन रूहानीले कोरोना सङ्क्रमणको दर फेरि बढ्न थालेको भन्दै सबै प्रकारका भिडभाडयुक्त सभासमारोह र प्रवेश परीक्षामामा रोक लगाइएको घोषणा गर्नुभयो । उहाँले आर्थिक गतिविधिका कामहरु भने सुचारु रहने पनि बताउनुभयो । कोरोना महामारीका कारण अर्थव्यवस्था बिग्रिदै गएपछि विभिन्न क्षेत्रमा छुट दिइएको थियो ।

ईरानमा अप्रिल महिनाको मध्यदेखि लकडाउनामा छुट दिइएको थियो । त्यसयता ईरानमा फेरि कोरोना सङ्मणको दरमा वृद्धि हुँदै गएको छ । पछिल्लो २४ घन्टामा ईरानमा १ सय ८८ जनाको मृत्यु भएको छ भने २ हजार ३ सय ९७ जना नयाँ सङ्क्रमित फेला परेका छन् । योसँगै ईरानमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १२ हजार ६ सय नाघेको छ । यस्तै सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ५५ हजार नाघेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू