अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१४ | Colorodo: 20:29

पोखरामा दुई मोटरसाइकल एकापसमा जुध्दा आगलागी, मोटरसाइकल जलेर ध्वस्त

बिआरटीनेपाल २०७७ असार २० गते ७:१४ मा प्रकाशित

पोखरामा दुई मोटरसाइकल एकापसमा जुध्दा आगलागी भएको छ । नयाँ बजार स्थित ट्याक्सी व्यवासायी समितिको कार्यालय नजिकै दुई वटा मोटरसाइकल एकापसमा जुध्नासाथ आगलागी भएको हो । आगलागीबाट दुवै मोटरसाइकल जलेर ध्वस्त भएका छन् ।

महेन्द्रपुलबाट पृथ्वीचोक तर्फ जाँदै गरेका दुई मोटरसाइकल एकापसमा जुधेर आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार दुबै मोटरसाइकलमा सवार ४ जना भने दुर्घटना लगत्तै उठेर नजिकैको पेट्रोल पम्प तर्फ दौडिएका थिए ।

दुर्घटनामा ग १४प ३८६१ र ग १६ प ४४४१ नम्बरका मोटरसाइकल चालकसहित २/२ जना गरी ४ जना सामान्य घाइते भएको कास्की प्रहरीले जनाएको छ । उनीहरुको नजिकैको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू