अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३२ | Colorodo: 07:47

कोरोना भाइरसको उपचारमा हाइड्रोक्सिक्लोरोक्वीन प्रभावकारी देखिएन, एफडिएद्धारा आपतकालीन प्रयोग स्वीकृति रद्ध

बिआरटीनेपाल २०७७ असार २ गते ०:३७ मा प्रकाशित

अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरसका संक्रमितको आपतकालीन उपचारमा प्रयोग गर्ने औषधिको सूचिबाट हटाएको छ । कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचारमा आपतकालीन रुपमा प्रयोग हुँदै आएको मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीन अमेरिकामा अब प्रयोग नहुने भएको छ ।

मानवीय परीक्षणबाट प्राप्त पछिल्ला प्रमाणले हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरसविरुद्ध काम गर्ने नदेखिएको एफडिएले उल्लेख गरेको छ । हाइड्रोक्सिक्लोरोक्वीनले एन्टीभाइरल इफेक्ट उत्पादन गर्ने र त्यसले कोरोना भाइरसविरुद्ध काम गर्छ भन्ने पक्षमा प्रमाण नभेटिएको भन्दै एफडिएले हाइड्रोक्सिक्लोरोक्वीनलाई आपतकालीन उपचारमा प्रयोग हुने सूचिबाट हटाएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि कोरोना भाइरसविरुद्धको उपचारमा हाइड्रोक्सिक्लोरोक्वीन प्रभावकारी हुने भन्दै प्रयोग गर्न सुझाउँदै आउनुभएको थियो । उहाँले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि आफूले सो औषधि खाएको पनि बताउनुभएको थियो । एफडिएले हाइड्रोक्सिक्लोरोक्वीन फिर्ता लिएपछि ट्रम्पले आफूले गर्दै आएको वकालतको बचाउ गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू