अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२६ | Colorodo: 17:41

‘यो मुुलुक विरोधकै जगमा स्थापित भएको नबिर्सनु’– पूर्वराष्ट्रपति बराक ओबामा

बिआरटीनेपाल २०७७ जेठ २१ गते २२:०४ मा प्रकाशित

अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले अमेरिका विरोधकै जगमा स्थापित भएको नबिर्सन सबैलाई सचेत गराउनुभएको छ । बुधवार एक कार्यक्रम गरी ओबामाले अमेरिकीहरुलाई अमेरिका विरोधकै बीच स्थापित भएको र यसैलाई अमेरिकी क्रान्ति भन्ने गरिएको उल्लेख गर्नुभयो ।

अमेरिकामा चलिरहेको वर्तमानको विरोध प्रदर्शनले मुलुकलाई कता लैजाला भनि चिन्ता व्यक्त गर्ने र आलोचना गर्नेहरुलाई ओबामाले यस्तो सन्देश दिनुभएको हो । आफ्ना विरोध र असन्तोषहरुलाई शान्तिपूर्वक राख्न आह्वान गर्दै ओबामाले देशमा भएका प्रगतिको प्रत्येक कदम, स्वतन्त्रताको प्रत्येक विस्तार, गहिरा आदर्शको प्रत्येक अभिव्यक्ति, यथास्थितिलाई असहज हुने माध्यमबाटै विजय प्राप्त गरेको बताउनुभयो । आफ्ना मतभिन्नताहरुलाई शान्तिपूर्ण, अनुशासित तरिकाबाट राख्दै परिवर्तनका लागि लाग्ने सबैहरुप्रति आभारी हुनुपर्ने ओबामाको भनाई थियो ।

सडक प्रदर्शनमा रहेका युवाहरुलाई आशावादी हुन र कामलाई निरन्तरता दिन सन्देश दिँदै ओबामालेसबै कुराको समाधान अहिलेनै मिल्छ भन्ने नरहेकोले निराश नहुन सबैलार्य आग्रह गर्नुभयो । मानिसलाई शिक्षित, सक्रिय गराउने, एकत्रित गर्दै काममा संलग्न गराउने अवसर जुटाउदै अहिलेको क्षणलाई नियन्त्रणमा राख्न सफल हुने उहाको विश्वास छ ।

प्रतिक्रिया