अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०८ | Colorodo: 07:23

सरकारले आर्थिक प्याकेज नल्याए सडक आन्दोलन गर्ने उद्यमी व्यवसायीको चेतावनी

बिआरटीनेपाल २०७७ जेठ ५ गते २२:१९ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लकडाउन गरेसँगै दुई महिना यता उद्योग व्यवसाय प्राय ठप्प भएको छ । उद्योगी व्यवसायीले अति प्रभावित क्षेत्रमा सरकारले विशेष राहत नल्याएको भन्दै असन्तुष्टि पोखेका छन् ।बैंकको कर्जा समेत तिर्न नसक्ने अवस्था भएका भन्दै उद्योगीले आत्महत्या गर्ने अवस्थामा पुगेको समेत उद्योग व्यवसायी बताएका छन् ।

निजी कुल ग्राहस्र्थ उत्पादन जीडीपीको ५ प्रतिशत सम्म राहत प्याकेज ल्याउन निजी क्षेत्रले माग गरेका छन् । सरकारले समग्र उद्योगको विश्लेषण गरी प्याकेज ल्याउनुपर्ने भन्दै उद्योग वाणिज्य महासंघका प्रतिनिधिले अर्थ मन्त्रालयमा माग पत्र पेश गरेका थिए ।

तर, सरकारले भने विशेष राहत प्याकेज घोषण नगरेपछि उद्यमी ब्यवसायीले सडकमा उत्रन सक्ने अवस्था आएको चेतावनी दिएका हुन् । उद्योग बाणिज्य महासंघले कोरोनाबाट प्रभावित उद्योग व्यवसायलाई विश्लेषण गरी राहत प्याकेज नल्याएपछि दवाब दिने उद्देश्यले सोमवार भर्चुअल पत्रकार सम्मेलन गरेका थिए ।

कोरोनाको संकटमा उद्योगी व्यवसायीले बैंकको ब्याज तिर्न नसक्दा आत्महत्या नै गर्ने अवस्था आएको समेत बताएका छन् । उद्यमीहरुले निजीक्षेत्रको माग सम्वोधन नभए सबै उद्योग बन्द गर्ने समेत बताएका छन् ।

प्रतिक्रिया