अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१९ | Colorodo: 13:34

फूल अव लाइफ ( full of life ) भनेको के हो ?

डा. दुर्गा दाहाल, “अनुभव” २०७७ वैशाख १८ गते २२:०९ मा प्रकाशित

* The saddest summary of life contains three descriptions: Would have, could have, and might have.
_ Louis E. Boone

जिन्दगी एउटा ईश्वर प्रदत्त आशीर्वाद अथवा वरदान हो । एक पटक आउँछ, पूर्ण रूपले बाँच्नु पर्छ । आफ्नालागि र अन्यहरूका लागि पनि । हामी पुरातन वादी सोच र मानसिकताबाट निस्किएर जीवनको महिमा र गरिमालाई हृदयगंम गरी जीवनको तत्वबोधलाई अनुवाद गर्नु पर्छ वास्तविक जीवनमा, भ्रममा बाँचेर हैन ।

तपाईँको जीवनमाथि तपाईँकै नियन्त्रण हुनु पर्छ; अरूको हैन । हामी सबै सहअस्तित्व र सहभावमा बाँच्नु पर्छ । कसैको दबाब, प्रभाव अथवा नियन्त्रणमा हैन । पारिवारिक, सामाजिक, संस्कारगत मूल्य र मान्यतालाई अङ्गीकार गर्दै हिंडनु पर्छ तर दासत्व स्वीकीर्ने हैन कसैको । न त पुरुषले महिलाको अथवा महिलाले पुरुषको ।

जिन्दगी बाँचेर, साँच्चीकै ( प्रकृतार्थमा ) बाँचेर हेर्दा मात्रै बाँचेको अनुभव हुन्छ । अत्यन्त कम मानिसहरूले मात्रै यो मौका पाएका हुन्छन् अथवा जीवनयात्रा राम्रोसँग गरेका हुन्छन् । जीवन सूत्र थाहा नपाई त तपाईँ एउटा कृत्रिम र ऐँठनयुक्त जीवन बाँची रहनु हुन्छ, बिलकुल स्वादविहीन र परनिर्भरता युक्त जीवन । कसैका लागि आएको, बाँचेको र विखरीत जीवन ।

स्वतन्त्र भएर बाँच्नुहोस् सदा- सर्वदा, निर्भय , निडर र सकारात्मक भएर । खुसीको खेती गरेर, बाँडेर र अतिरिक्त खुसीलाई भण्डारण गरेर । यो ख़ुशी आफूबाटै निःसृत हुन्छ; कसैबाट प्राप्त हुँदैन तर अभ्यास गर्नु पर्छ खुद र निरन्तर आई रहन्छ बिहान बेलुका, दिनैभर, आजीवन ।

* Cherish your yesterdays, dream your tomorrows in real sense of the term and be positive loving your today.
_ DDD

_ दया, माया, करुणा, सहानुभूति, सद्भावना, शान्ति र सहनशीलता, धैर्य आदि- इत्यादि मानवीय गुणहरूलाई प्रवर्द्धन गर्ने आफूभित्र आफैँले ।

– काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य आदि मानवीय कमजोरी हुन्छन् । सबैमा हुन्छन् तर नियन्त्रण गर्नु पर्छ सकेसम्म , जोगी हुन नसके पनि ।

• Full of life भनेको तपाईँको ईच्छानुसार कसैलाई दुःख- कष्ट नदिई स्वतन्त्रतापूर्वक, निडरतापूर्वक माटोलाई चुमेर बाँच्नु हो, हाँसेर बाँच्नु हो जहाँ तपाईँमाथि कसैको अनावश्यक नियन्त्रण नहोस् ।

* Don’t be afraid your life will end; be afraid that it will never begin
– Grace Hansen

(क्यालिफोर्निया निवासी प्रा.डा. राजनैतिक विश्लेषक, मन विश्लेषक,दर्शनशास्त्री हुन )