अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१३ | Colorodo: 22:28

कोरोनाको महामारीमा

इन्जिनियर राकेश कार्की २०७७ वैशाख ३ गते २०:३२ मा प्रकाशित

गीत

कोरोनाको महामारीमा
क्वारेन्टिनमा बसेछु
भीँडभाडबाट टाढा
एकान्तमा पसेछु

माया न हो श्रीमतीले
ज्वरो नाप्दै छुन्छिन्
धेरै बेर साबुन पानीले
रुँदै हात धुन्छिन्

कोरोनाको महामारीमा
क्वारेन्टिनमा बसेछु

मुखमा पट्टी पन्जा लगाइ
छोरा छोरी हेर्छन्
घर पुगी नुहाइ धुवाइ
सबै लुगा फेर्छन्

कोरोनाको महामारीमा
क्वारेन्टिनमा बसेछु

देश विदेश सबै बन्द
साथीभाइ कता
संसार भरि कतिको
यस्तै होला व्यथा

कोरोनाको महामारीमा
क्वारेन्टिनमा बसेछु
भीँडभाडबाट टाढा
एकान्तमा पसेछु

प्रतिक्रिया