अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०१ | Colorodo: 11:16

अमेरिकामा कोरोना भाइरसबाट ११ जनाको मृत्यु

विजय थापा २०७६ फागुन २२ गते ११:१२ मा प्रकाशित

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । वासिङ्टन राज्य भन्दा बाहिर क्यालिफोर्नियामा २ जनाको मृत्यु भएको यो पहिलो घटना हो ।

हाल सम्म १३ वटा राज्यमा १ सय ४९ जना सङ्क्रमित भएका छन् । क्यालिफोर्नियामा मात्र १३ जना सङ्क्रमित भएका छन् । क्यालिफोर्नियाका स्वास्थ्य अधिकारीहरूले समुदायलाई सावधान हुन् अनुरोध गरेका छन् । एक जना वृद्ध व्यक्ति मेक्सिको गएर आए पछि उनको मृत्यु भएको हो तर उनको नाम सार्वजनिक गरेको छैन ।

उनको स्वास्थ्य स्थिति त्यति ठिक नभएको सञ्चार माध्यमले जनाएका छन् । सम्भवतः उक्त व्यक्तिले गत फेब्रुअरी ११ देखि २१ सम्म गरेको जहाज यात्रामा भाइरस(बिषाणु)भएको हुन् सक्ने अनुमान गरिएको छ ।

न्युयोर्कको वेस्ट चेस्टरमा १ हजार जना आफै अस्पतालको क्वारेन्टाइनमा बसी रहेका छन् । ११ जना मध्ये ९ जनाको निधन वासिङ्टन राज्यमा मात्र भएको थियो भने थप २ को मृत्यु वासिङ्टन राज्य बाहिर हुन् गएको छ ।

श्रोत : सिएनएन

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू