अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०५ | Colorodo: 03:20

विद्युत् महसुलको प्रस्तावित नयाँ दर स्वीकृतिको लागि विद्युत् नियमन आयोगमा पठाइयो

बिआरटीनेपाल २०७६ माघ २७ गते ७:३६ मा प्रकाशित

नेपाल विद्युत प्राधिकरणले विद्युत महसुलको प्रस्तावित नयाँ दर स्वीकृतिको लागि विद्युत नियमन आयोगमा पठाएको छ । सञ्चालक समितिको निर्णय अनुसार प्रस्तावित नयाँ विद्युत दर आयोगको स्वीकृतिपछि मात्रै लागू हुनेछ ।

प्राधिकरणले आयोगमा पठाएको प्रस्तावित महसुल दर अनुसार घरायसी ग्राहकले बढी विद्युत खपत गर्दा बढी महसुल तिर्नुपर्ने पुरानो प्रावधानलाई परिमार्जन गरिएको छ भने मासिक १० यूनिटसम्म मात्रै विद्युत खपत गर्नेलाई ३० रुपैयाँ मात्रै तिर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै, औद्योगिक ग्राहकको महसुल दरमा पनि परिमार्जनको प्रस्ताव गरिएको छ ।

Nepal Electricity Authority

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू