अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३३ | Colorodo: 05:48

उपसभामुख माग्न कमण्डलु लिएर नआएको काँग्रेसको भनाई

बिआरटीनेपाल २०७६ माघ १२ गते ७:३८ मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले उपसभामुख पद माग्न कमण्डलु लिएर संसदमा प्रस्तुत नभएको बताएको छ । सभामुख निर्वाचनका लागि आज बोलाइएको संसद बैठकलाई सम्बोधन गर्दै काँग्रेस सांसद मिनेन्द्र रिजालले सभामुखमा उम्मेदवारी नदिने निर्णय जानकारी गराउनुभयो ।

बाहिर यसको अपब्याख्या भएको भन्दै उहाँले काँग्रेसले उपसभामुखका लागि बार्गेनिङ गर्न उम्मेदवारी नदिएको भन्दै उपसभामुखका लागि आफुहरुसँग मत पनि नरहेको र कमण्डलु लिएर पनि नआएको बताउनुभयो ।

सांसद रिजालले उपसभामुख कताबाट छान्दा सत्तालाई सजिलो पर्छ भनेर सभामुख र उपसभामुख फरक दलको हुने व्यवस्था संविधानमा नराखिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू