अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२२ | Colorodo: 05:37

द्वन्द्वकालीन मुद्दा टुंग्याउन नेकपा र काँग्रेसबीच दुई बुँदे समझदारी

बिआरटीनेपाल २०७६ माघ ४ गते ७:३४ मा प्रकाशित

सत्तारुढ नेकपा र प्रतिपक्षी काँग्रेसबीच द्वन्द्वकालीन मुद्दा समाधान गर्न दुई बुँदे समझदारी भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको दुवै दलका शीर्ष नेताको बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा नियुक्ति र कानुन निर्माणबारे समझदारी भएको हो ।

दुवै आयोगसँग सम्बन्धित कानुनलाई संसदबाट प्राथमिकताका साथ पारित गर्ने समझदारी भएको काँग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो । द्वन्द्वकालीन मुद्दा किनारा लगाउनेबारे दुवै दल सदनमा एकमत भएर अगाडि बढ्ने सहमति भएको नेता लेखकले बताउनुभयो । दुवै आयोगका कानुनका मस्यौदा लिएर दुवै दलका प्रतिनिधि सातवटै प्रदेशमा गएर पीडितका प्रतिनिधिसँग छलफल गरेका थिए ।

पीडितका सुझाव समेटेर विधेयक पारित गर्ने सत्तारुढ र प्रतिपक्षबीच सहमति भएको हो । नेकपा र काँग्रेसका नेता पछिल्लो समय द्वन्द्वकालीन मुद्दा निरुपण गर्नेबारे निरन्तर छलफलमा थिए । हिजो र आज भने दुवै दलका अध्यक्ष र सभापतिसहित छलफल भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू