अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१८ | Colorodo: 16:33

भर्जिनियाको टाइसन कर्नरमा नयाँ बर्षमा गोलीबारीमा हुँदा ३ जना घाइते

विजय थापा २०७६ पुष १६ गते १२:१३ मा प्रकाशित

नयाँ बर्षको पूर्वसंध्यामा आयोजित प्रितीभोज(पार्टी)मा गोलोवारी हुँदा ३ जना घाइते भएका छन् । फेयर फ्याक्स काउन्टीका प्रहरी उक्त स्थानमा पुगि अनुसन्धान गरि रहेका छन् ।

जनवरी १ का दिन बिहान ३ बजे उक्त घटनाको जानकारी प्रहरीलाई दिइएको फक्सन्युज ५ ले लेखेको छ । भर्जिनियाको चर्चित शहर टाइसन कर्नरको हथोर्न सुइट्समा उक्त घटना भएको हो । उक्त गोली काण्ड के उद्धेश्यले गरेको र त्यो गोली चलाउने को हुन् भन्ने बारेमा अनुसन्धान भै रहेको छ ।

घटना पछि उक्त स्थानको वेस्टवुड सेन्टर ड्राईभ सडक केही समयको लागि बन्द गरिएको छ । घाइतेहरुलाई शरीरको तल्लो भागमा चोटपटक लागेको छ भने उनीहरु बाच्ने अपेक्षा गरिएको फक्सन्युज ५ ले लेखेको छ ।

तस्बिर: फक्सन्युज ५

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू