अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५८ | Colorodo: 17:13

बाल्टिमोरमा गीतकार लवकुमारको गीति सङ्ग्रह “ मायाको घर” को विमोचन सम्पन्न

विजय थापा २०७६ पुष १३ गते १२:०० मा प्रकाशित

वरिष्ठ लोकगायक प्रेम राजा महत, नायक दिलीप रायमाझी लगायत कलाकारको सहभागिता

मेरिल्यान्ड राज्यको बाल्टिमोरमा गीतकार लवकुमार बुढाथोकीको गीति सङ्ग्रह “ मायाको घर” को विमोचन भएको छ । उक्त कार्यक्रममा वरिष्ठ लोकगायक प्रेम राजा महत ,नायक दिलीप रायमाझी लगायत कलाकारको सहभागिता रहेको थियो । उपस्थित कलाकारहरूले संयुक्त रूपमा उनका मायाको घर विमोचन गरिएको थियो ।

कार्यक्रमको सभापतित्व समाजसेवी ,बानाकी निवर्तमान अध्यक्ष तथा लक्का जवान कि निर्मात्री अनसुया श्रेष्ठ वन्तले गरेकी थिइन् भने प्रमुख अतिथि महा वाणिज्य दुत तथा वरिष्ठ लोकगायक प्रेम राजा महत रहेका थिए ।

गत शनिवार डिसेम्बर २८ का दिन बाल्टिमोरमा उनको गीति सङ्ग्रह “ मायाको घर” को लोकार्पण गरिएको हो । लामो समय देखी जापान बसोबास गर्दै आएका गीतकार बुढाथोकीले अमेरिका भ्रमणको अवसर पारेर नेपाली कलाकारहरूको बाक्लो बस्ती रहेको सहर बाल्टिमोरमा आफ्नो गीति सङ्ग्रहको विमोचन गर्ने इच्छा भएकोले बाल्टिमोरमा कलाकार बिच आफ्नो गीति सङ्ग्रह विमोचन गर्न सफल भएका छन् ।

कार्यक्रममा लोक गायिका एवम् मोडल (प्रतिरूप )शान्ति भण्डारीले स्वागत गर्दै गीतकार लवकुमार बुढाथोकीको छोटो परिचय दिएकी थिइन् । उनले बुढाथोकी जापानमा बस्दा बुढाथोकी विभिन्न कार्यक्रम गर्ने, चौतारी दोहोरी साँझ पनि सञ्चालन गरेको र सन् २०१६ मा एक कार्यक्रममा लोक गायिका स्वयम् आफू (शान्ति भण्डारी)तथा लोक गायक प्रेम राजा महतलाई बोलाएको स्मरण गर्दै सहभागी हुने सबै कलाकारलाई धन्यवाद दिएकी थिइन् ।

समारोहमा गीतकार लवकुमार बुढाथोकीको बारेमा छोटो वृत्तचित्र मार्फत परिचय प्रस्तुत गरिएको थियो भने उक्त गीति सङ्ग्रहमा रहेका ९ वटा गीतहरू रेकर्ड्स (अभिलेखन )भएका छन्

बुढाथोकीले रचेका गीतहरूलाई नेपालका चर्चित गायक गायिका शिव परियार ,उदय सोताङ ,मेलिना राई लगायतले स्वर दिएका छन् । विमोचन कार्यक्रममा आफू निकै हर्षित भएको र कलाकारहरूको माझमा विमोचन गर्न पाउँदा सौभाग्य शाली भएको बताए । उनले वरिष्ठ लोकगायक प्रेम राजा महतलाई मुक्त कण्ठले प्रशंसा गर्दै म अत्यन्तै खुसी भएको अभिव्यक्ति दिए । उनले अगाडी भने गायक भएर निस्केको मानिस गीतकार भए । र कसरी गीत लेखे भन्ने कुरा आफूलाई थाहै नभएको बताए ।

गीति सङ्ग्रह कार्यक्रममा नायक दिलीप रायमाझी, कलाकार पूजा चन्द लामा, गैर आवासीय नेपाली सङ्घ मेरिल्यान्ड शाखाका अध्यक्ष डोलनाथ घिमिरे, बाना अध्यक्ष सुबोध पन्त लगायतले मन्तव्य राखेका थिए ।

प्रमुख अतिथि प्रेम राजा महतले गीतकार बुढाथोकीको प्रशंसा गर्दै उनी एक कालिगढ़ अर्थात् गीतकार हो । उनले यति राम्रो घर -मायाको घर बनाए, सुन्दर मूल ढोका छ जहाँ बाल्टिमोरका सबै कलाकार अटाउने भन्दै चर्चा गरे ।

कार्यक्रममा सभापतित्व गरेकी समाज सेवी अनसुया श्रेष्ठ वन्तले गीतकार बुढाथोकीलाई शुभकामना दिइन । उनले सानै देखि आफू पनि कलाकार हुने इच्छा भएको तर आफू अमेरिका आउनु परेको बताइन ।

उनले अगाडी भनिन अमेरिकामा व्यापारमा संलग्न हुँदै समाज सेवामा लागे र हाल चलचित्र लक्का जवानमा आफूले पनि अभिनय गरेको र नायक दिलीप रायमाझी नायक रहेको जानकारी गराइन ।

कार्यक्रम सञ्चालन सुरेश दर्पणले गरेका थिए भने कार्यक्रममा नायक दिलीप रायमाझी, नायिका पूजा लामा, ईनास मेरिल्यान्ड राज्य शाखाका अध्यक्ष सृजन ताम्राकार, नायिका मेलिना मानन्धर, कलाकार कन्हैया सिंह, बानाका संस्थापक अध्यक्ष मोहन थापा, एन्जेल ब्याण्ड (सङ्गीत मण्डल)का राजु लामा, बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको आयोजना प्लस९७७डट नेट (PLUS977.NET) ले गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू