अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२६ | Colorodo: 02:41

लेखनाथ महोत्सव छैटौं दिन

बिआरटीनेपाल २०७६ पुष ८ गते ८:२१ मा प्रकाशित

महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मुल नाराका साथ पुस ३ गते देखि सुरु भएको लेखनाथ महोत्सवमा दर्शकको चाँपसगै आर्थिक कारोबारमा पनि बृद्धि हुदै गएको छ । जारी महोत्सव मध्यभाग सम्म आईपुग्दा छैटौ दिन मंगलवार मात्र स्टलहरुको अनुगमबाट १ करोड २५ लाख बरावरको आर्थिक कारोवार भएको र अहिलेसम्म करिव ७ करोड बरावरको आर्थिक कारोवार भएको आयोजक लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ ।

मंगलवार मात्र करिव २० हजार दर्शक मेला स्थलमा प्रबेश गरेको र अहिलेसम्म दर्शकको सख्या १ लाख ४० हजार पुगेको बताईएको छ । बिहान १० बजे देखि साझ आठ बजेसम्म चल्ने महोत्सवमा उपस्थित दर्शकलाई थप मनोरञ्जन दिन विद्यालय स्तरीय लोक नृत्य, महिला रत्यौलीका साथका ख्याती प्राप्त दोहोरी कलाकारको लोक दोहोरी, हास्य प्रहसन र साझमा युवा युवतीहरुलाई लक्षित गर्दै पप कन्र्सट तथा मोडल डान्स लगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू