अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५३ | Colorodo: 21:08

भ्रमण बर्षमा विदेशी पर्यटकबाट हुन सक्ने दुर्व्यवहार प्रति बालबालिका सजग हुनुपर्ने

बिआरटीनेपाल २०७६ पुष ७ गते ८:४२ मा प्रकाशित

नेपाली बालबालिकाहरुमाथि हुने गरेको यौन दुर्व्यवहारको अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था भ्वाइस अफ चिल्ड्रेनको पहलमा गरिएको अध्ययन प्रतिवदेनको आज (सोमबार) राजधानीमा आयोजित कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले विमोचन गर्नुभयो ।

सो अवसरमा मन्त्री गुरुङले बालबालिकामाथि हुने यौन शोषण न्युनिकरणका लागि सरकारको तर्फबाट ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याउनुभयो । बालबालिको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले पनि उनीहरुको हक हितमा काम गर्ने गरेका छन वा छैनन् भन्ने पनि अनुगमन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नेपाल भ्रमण बर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेकाले नेपाल आउने विदेशी पर्यटकबाट हुन सक्ने विभिन्न खाले दुर्व्यवहार प्रति सजग हुनुपर्नेमा पनि कार्यक्रममा चर्चा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू