अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०७ | Colorodo: 00:22

कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचर)

बिआरटीनेपाल २०७६ कार्तिक १८ गते ११:४९ मा प्रकाशित

पहिलो पटक रक्तदान गर्ने: ५ जना
कोलोराडो, सिस्टर्स ग्रुप, थोर्टन र ब्लड डोनर्स अफ अमेरिकाको संयुक्त आयोजनामा अक्टुबर ३ आइतबारको दिन कोलोराडोको ९६० वेष्ट १२४ एभन्यु, डेनभरको बोनफिल्ड ब्लड सेन्टरमा रक्तदानको कार्यक्रम सम्पन्न भएको छ । ५ जनाले पहिलो पटक रक्तदान गरेका थिए । पहिलो पटक रक्तदान गर्नेहरुमा सुरेश ढुङ्गेल, असीम पन्त, शशि अधिकारी, दिल कुमारी श्रेष्ठ, पदम श्रेष्ठ हुन ।

रक्तदान जीवनदानको अवधारणालाई जोड दिन नेपाली समुदायमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेका छन् । बोनफिल्ड ब्लड सेन्टर डेनभरमा सम्पन्न रक्तदानमा जम्मा २४ जना महानुभावहरूले सहभागिता जनाए पनि १८ जनाले रक्तदान गरेका थिए भने अन्य ६ जनाले विविध कारणले रक्तदान दिन पाएनन् ।

रिपेन्द्र कार्की, धना पौडेल, असीम पन्त, शशि अधिकारी, दिल कुमारी श्रेष्ठ, सुरेश ढुङ्गेल, भुवन सापकोटा, बुद्धि प्रसाद लामिछाने, सुभेच्छा, आशिस कटुवाल, डा. पङ्कज तिमील्सिना, फणीन्द्र क्षेत्री, ज्योति क्षेत्री, वन्दना श्रेष्ठ, रोहित श्रेष्ठ, भूपेन्द्र महत, सन्तोष श्रेष्ठ, पदम श्रेष्ठ रक्तदान गरेका थिए ।

नेपाल वा अन्य देशमा गएको एक वर्ष भित्र रक्तदान गर्न नपाइने भए पनि यदि नेपालको काठमाडौँ या हिमाली भेगमा गएको खण्डमा भने रक्तदान गर्न सकिने साथै रक्तदान गर्न १६ वर्ष देखी २३ वर्ष उमेर सम्मकाले १३८ पाउन्ड भन्दा माथि वजन हुनुपर्ने र २३ वर्ष भन्दा माथिकाको ११० पाउन्ड भन्दा माथि वजन हुनु पर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया