अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५९ | Colorodo: 22:14

अमेरिकामा पनि देउसी भैलो खेलियो

बिआरटीनेपाल २०७६ कार्तिक ११ गते ९:५९ मा प्रकाशित

अरोरा, कोलोराडो । कोलोराडोका नेपाली संस्थाहरू नेपाली घर र अरोरा हिमालय लायन्स क्लबको संयुक्त रूपमा आयोजित देउसी भैलोमा गत शनिबार सांझ कोलोराडोका प्रवासीहरू मादल घन्काउदै मन रोमाञ्चित भएर खेलेका छन् । देउसी भैलो खेलसँगै कोषका लागि हातेमालोमा पनि बाँधिएका छन् । भैलो, देउसीबाट १२ सय डलर सङ्कलन गरिएको छ । देउसी-भैलो खेलमा कोलोराडो स्थित सङ्घ संस्थाहरूको प्रतिनिधिहरू लगायत विविध क्षेत्रका प्रवासी व्यक्तिहरूको उपस्थित थियो । कार्यक्रममा पुरुषहरू दौरा, सुरुवाल, टोपी, महिलाहरू साडी चोलो लगाएर सहभागी भएका थिए ।

नेपाली घरका उपाध्यक्ष जगदीशचन्द्र ढकालले नेपालीहरूको रिती रिवाज, संस्कृति, भेषभुषा तथा भाषा पहिचान गराउन उद्देश्यको साथ हरेक वर्ष देउसी भैलो कार्यक्रमको आयोजना गरिँदै आएको बताएका छन् । नेपाली घरले विगत १० वर्ष देखी प्रत्येक वर्ष देउसी भैलोको आयोजना कोलोराडोका विभिन्न सहरमा गर्दै गरेको छ ।

साउथ लिभरपुल वे, सेन्टेनियलमा खेलिएको देउसी भैलोमा अरोरा हिमालयन लायन्स क्लबका अध्यक्ष सुरेन्द्र अधिकारीबाट सहभागी सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरिएको थियो ।

 

सम्बन्धित समाचार

कोलोराडोको अरोरा शहरमा देउसी भैलो खेलिदै

 

प्रतिक्रिया