अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३७ | Colorodo: 06:52

कोलोराडोको अरोरा शहरमा देउसी भैलो खेलिदै

बिआरटीनेपाल २०७६ कार्तिक ७ गते १२:३७ मा प्रकाशित

हिन्दुहरूको दोस्रो ठुलो पर्व तिहारका अवसरमा देउसी भैलो खेल्ने परम्परा रही आएको छ । विगतमा महिलाहरूले औँसीको दिनमा भैलो र पुरुषहरूले त्यसको भोलिपल्ट देउसी खेल्ने प्रचलन थियो । समाज रूपान्तरण भएसँगै हिजोआज महिला पुरुष मिलेर देउसी भैलो खेल्दै हिँड्ने गरेका छन् ।

सांस्कृतिक महत्त्वको यो पर्वलाई जोगाइ राख्न कोलोराडोको नेपाली संस्थाहरू नेपाली घर र अरोरा हिमालयन लायन्स क्लब मिलेर अरोरा सहरमा देउसी भैलो खेल्ने भएका छन । उक्त कुराको जानकारी नेपाली घरका वर्तमान उपाध्यक्ष जगदीश चन्द्र ढकालले बिआरटी नेपाललाई दिएका हुन ।

उक्त देउसी भैलो आउने शनिवार ओक्टुबर २६ साँझ ७:३० मा 5338 S Liverpool Way, Centennial CO 80015 मा खेलिने भएको छ । आयोजकले सबैलाई उक्त देउसी भइलोमा अरोरा, डेनभर सहर वरिपरि बसोबास गर्नुहुने सबैलाई अनुरोध गरिएको छ ।

फायल तस्बिर

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू